PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

सूचना पाउने संवैधानिक अधिकार उपभोग गर्नुस्ः प्रधानमन्त्री



पहिलोपोस्ट

सूचना पाउने संवैधानिक अधिकार उपभोग गर्नुस्ः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार  नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्।

राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओली सूचना पाउने संवैधानिक अधिकार उपभोग गर्न सम्पूर्ण नागरिकलाई आह्वान समेत गरेका छन्। ओलीले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्त्वको सूचनामा नागरिकको पहुँच सरल र सहज हुनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक  आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउँछ।’

सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि  ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell