PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रिमियर लिग : अगुएरोको ह्याट्रिकमा म्यानचेष्टर सिटीको शानदार जित, म्यानचेष्टर युनाइटेड ब्राइटनसँग पराजित

प्रिमियर लिग : अगुएरोको ह्याट्रिकमा म्यानचेष्टर सिटीको शानदार जित, म्यानचेष्टर युनाइटेड ब्राइटनसँग पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


सर्जियो अगुएरोले नयाँ सिजनको पहिलो ह्याट्रिक गर्दा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिग आइतवार हडर्शफिल्ड टाउनलाई ६-१ ले पराजित गरेको छ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि अगुएरोले २५औँ, ३५औँ र ७५औँ मिनेटमा गोल गरे। प्रिमियर लिगमा अगुएरोको यो नवौँ ह्याट्रिक हो। उनीभन्दा बढी एलान सिररले ११ ह्याट्रिक गरेका छन्।

यस्तै गाब्रीएल जेसस र डेभिड शिल्भाले एक-एक गोल गरे। हडर्शफिल्डका टेरेन्स कोङ्गोलोले एक आत्मघाती गोल उपहार दिए।

हडर्शफिल्डका लागि जोन गोरेन स्टानकोभिचले एक गोल फर्काए। लगातार दोस्रो जितपछि सिटी गोलभिन्तामा अगाडी रहदै शीर्ष स्थानमा छ।

सिटीले शानदार जित हात पार्दा छिमेकी युनाइटेड भने ब्राइटनसँग ३-२ ले स्तब्ध बनेको हो। घरेलु मैदानमा ब्राइटनलाई जिताउन ग्लेन मुरे, शेन डफी र पास्कल ग्रोसले पहिलो हाफमा गोल गरे। युनाइटेडका लागि रोमेलो लुकाकु र पउल पोग्बाले गोल गरेपनि हार टार्न पर्याप्त भएन।

उता वाटफोर्डले बर्नलीलाई ३-१ ले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित हासिल गरेको छ।

फोटो : premierleague/twitter



ट्रेन्डिङ पोस्ट

Ncell