PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बक्स अफिसको अवस्था र कामकारवाहीबारे सांसदहरुको चिन्ता



पहिलोपोस्ट

बक्स अफिसको अवस्था र कामकारवाहीबारे सांसदहरुको चिन्ता

काठमाडौं: गत साउन १ गतेबाट लागू भएको बक्स अफिसको अवस्था र कामकारवाहीबारे सांसदहरुले चिन्ता व्यक्त गरेका छन्। बक्स अफिसको कामकारवाही सन्तोषजनक नभएको भन्दै त्यसबारे जानकारी उपलब्ध गराउन नेपाल सरकारको सुचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ।

आज बसेको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सरकारलाई उक्त निर्देशन दिएको हो। बक्स अफिस लागू भएसँगै सम्बन्धित सरोकारवालाले यसमा प्राविधिक त्रुटीको सामना गर्नु परेको थियो।

निर्माता, प्राविधिक पक्ष, कार्यन्वयन समिति र सम्बन्धित संघसंस्थाले प्राविधिक समस्या झेल्नु परेको थियो। तर पछिल्लो समय बक्स अफिस विज्ञ मनिष पण्डितले तीन महिनाको समय यसको परीक्षणका लागि लाग्ने बताएका थिए। तर परीक्षण समयमा भनिए पनि फिल्महरु लगातार प्रदर्शनमा छन्। निर्माताले फिल्मको रियल डेटा सार्वजनिक गर्न हिचकिचाइ रहेका छन्। नेपाली फिल्मको व्यवसाय नै कम भएकोले निर्माताले फिल्मको व्यवसायिक रिपोर्ट सार्वजनिक गर्न नसकेको बताउँछन् मनिष।  

सिस्टमले अझै रियल टाइममा रियल डाटा दिन सकेको छैन। 'सिस्टम हो, हामी काम गर्दै छौं। एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेको छ, बक्स अफिसको कार्यन्वयन' उनले भने। बक्स अफिस कार्यन्वयन समितिमा संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी रहेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell