PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एसियाड : क्वाटरफाइनलमै हारिन् ज्ञानी चुनारा



पहिलोपोस्ट

एसियाड : क्वाटरफाइनलमै हारिन् ज्ञानी चुनारा

इन्डोनेसियामा भइरहेको १८औँ एसियामा नेपाली तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमै पराजित भएकी छिन्।

महिला ५७ केजीमुनी तौल समूहको प्रिक्वाटरफाइनलमा भुटानकी  किनजान छोदेनलाई २६-६ ले पराजित गर्दै क्वाटरफाइनल पुगेकी ज्ञानी क्वाटरफाइनलमा फिलिपिन्सकी लुइसे लोपेज पाउलिनसँग २०-० ले पराजित भइन्।

यस्तै पुरुष ८० केजीमाथि तौल समूहको राउण्ड अप १६ मा नेपालका अनोज पुरी कजाखस्तानका रुस्लान जापारोभसँग २१-० ले पराजित भएका छन्।

६७ केजीमाथि भने ओलम्पियन निशा रावल पहिलो खेलमै पराजित भएकी छिन्।

मंगलवार प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडीको चुनौती समाप्त भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell