PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रियसभाको शून्य समयमा संसदको माग :  बकर इदमा विदादेखि सिमेन्ट उद्योगको व्यवस्थापनसम्म



पहिलोपोस्ट

राष्ट्रियसभाको शून्य समयमा संसदको माग :  बकर इदमा विदादेखि सिमेन्ट उद्योगको व्यवस्थापनसम्म

राष्ट्रिय सभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन्।
 
राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद कविता बोगटीले मुस्लिम समुदायको पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरिन्। 

मुस्लिम समुदायहरुले बकर इद पर्व बुधवार मनाउँदैछन्। 

सांसद बोगटीले हिन्दुहरुको दसैंजस्तै मुस्लिम समूदायको बकर इदमा सार्वजनिक विदा दिन उनले सरकारसँग माग गरिन्। 

बैठकमा बोल्दै सांसद उदया शर्मा पौडेलले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको ८० रोपनी जग्गा भाडामा दिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले स्थानीय तहले कर बढाएको भन्दै केन्द्रदेखि नै एकरुपता ल्याउन सरकारसँग अनुरोध गरिन्।

सांसद अनिता देवकोटाले दाङ उपत्यकामा रहेका सिमेन्ट उद्योगको व्यवस्थापनका लागि माग गरेकी छन्।

‘एसियाकै ठूलो उपत्यका दाङमा उद्योगका नाममा सिमेन्ट उद्योगहरु मात्र छन्। उद्योग स्थापना गर्दा गरिएका सम्झौता अनुरुपको मापदण्ड तय गरेका छैनन्,’ उनले भनिन्, ‘त्यहाँका जनताहरु आन्दोलित छन्। सिमेन्ट उद्योगहरुलाई तोकिएको मापदण्ड भित्र ल्याउन सरकारसँग माग गर्दछु।’ 

उनले दाङका धेरै खोलाहरुमा पूल नभएको भन्दै वर्षात्को मौसममा आवागमनमा समस्या भएको ध्यानाकर्षण गराइन्। ‘वर्षातको समयमा सवारी साधान बगाउने, मानिसहरु बगाउने विषम परिस्थिति छ। त्यस्तैले सम्मानित सभाका अध्यक्ष मार्फत् निर्माणाधीन पुलहरुको यथाशिघ्र निर्माण सम्पन्न गराइयोस् भन्ने सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’ 

यस्तै सांसद ठगेन्द्रप्रसाद पुरीले सरकारले सिन्डिकेट तोडेको बताए पनि हाल पनि सर्वसाधारणले महसुस गर्न नसकेको भन्दै सरकारको प्रगति कहाँ पुग्यो? भन्दै जानकारी माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell