PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पूर्व राजदूतको हत्यामा प्रहरीले समातेका तीन जनाको पोलिग्राफ टेस्ट गर्ने तयारी



पहिलोपोस्ट

पूर्व राजदूतको हत्यामा प्रहरीले समातेका तीन जनाको पोलिग्राफ टेस्ट गर्ने तयारी

काठमाडौं : पूर्व राजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका तीन जनाविरुद्ध अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको छ।  

काठमाडौं जिल्ला अदालतबाट म्याद म्याद लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। सोमवार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेका थिए।
 
प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको प्रहरीको अनुमान छ। सोमवार नै प्रहरीले घटनाबारे छानबिन गर्न झाकै घरमा काम गर्ने तीन कामदारलाई पक्राउ गरेको हो। अपराध महाशाखाको टोलीले उक्त घरमा काम गर्ने माली, भान्से र गार्ड पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका तीन जनलाई पोलिग्राफ टेष्ट गर्ने तयारी समेत भइरहेको छ। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'उनीहरुले केही झुट बोलिरहेको बुझेका छौं। हामी पोलिग्राफ टेष्ट गर्ने तयारीमा छौं।'

फ्रान्सका लागि पूर्व राजदूत रहेका झाको टाउको र निधारमा चोट लागेको प्रहरीले जनाएको छ। उनी बस्दै आएको निवासको एउटा झ्यालसमेत काटिएको प्रहरीले जनाएको छ। श्रीमतीले बिहान चिया खान बोलाउँदा नआएपछि कोठामा हेर्दा झा मृत अवस्थामा फेला परेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार झाको हत्यासँग कुनै पनि चोरी र डकैतीका घटना देखिएको छैन। भान्छाकै चक्कु प्रयोग गरेको हुनाले हत्या गर्ने व्यक्तिलाई घरको बारे जानकारी भएको हुनसक्ने प्रहरीको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell