एसियन गेम्समा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङमा आयोजक इन्डोनेसियाको टिमले पुरुष टिम एक्कुरेसीमा स्वर्ण पदक जितेको छ। १८औँ एसियाड अन्तर्गत बुधवार सम्पन्न पुरुष टिम स्पर्धामा इन्डोनेसियाले स्वर्ण जित्दा कोरियाले रज्त तथा थाइल्याण्डले कास्य जित्यो।
पुरुष टिम एक्कुरेसीमा नेपाली पुरुष टोली भने १५ टोली मध्ये आठौ भयो। यस्तै महिला टिम एक्कुरेसीमा ९ टिममध्ये नेपाल सातौँ भयो। यस स्पर्धामा थाइल्याण्डले स्वर्ण जित्दा आयोजक इन्डोनेसियाले रजत तथा कोरियाले कास्य जित्यो।
पुरुष र महिला दुवैको व्यक्तिगत एक्कुरेसीको फाइनल बिहीवार हुनेछ। शुक्रवारबाट पुरुष र महिलाको टिम क्रसकन्ट्रीको विधाको खेलहरु हुनेछ। यसमा नेपालले पदकको आशा गरेको छ।