PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्याराग्लाइडिङ पुरुष र महिला एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन, क्रस कन्ट्रीमा भोलीबाट प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

प्याराग्लाइडिङ पुरुष र महिला एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन, क्रस कन्ट्रीमा भोलीबाट प्रतिस्पर्धा हुने

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङको एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन। महिला र पुरुषको एक्कुरेसीतर्फ बिहीवार सम्पन्न अन्तिम चरणको खेलपछि पुरुषमा नेपालमा विजय गौतमले आठौँ स्थान हात पारे भने सुशील गुरुङ २४औँ स्थानमा रहे। यस विधामा कूल ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

जसमा आयोजक इन्डोनेसियाका जाफ्रो मेगावान्तोले स्वर्ण, थाइल्याण्डका जिरासेक विटथामले रजत तथा दक्षिण कोरियाका चुल्सो लुले कास्य जिते।

यस्तै महिलातर्फ नेपालकी तृषा श्रेष्ठ तामाङ १४औँ तथा प्रतिमा भुजेल १५औँ स्थानमा रहिन्। कूल १८ खेलाडीले प्रतिस्पर्धा गरेको यस विधामा थाइल्याण्डका नुनपात पुचोङले स्वर्ण जितिन्।

यसअघि टिम एक्कुरेसीमा नेपालको पुरुष र महिला टिम क्रमश: आठौँ र सातौँ भएको थियो।

नेपालले पदकको आशा गरेको विधा क्रस कन्ट्रीतर्फको प्रतिस्पर्धा भने शुक्रवारबाट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell