PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

कलंकीको जस्तै 'अण्डरपास वे' बानेश्वर र कोटेश्वरमा, डिजाइनका लागि ग्लोबल टेण्डर आह्वान



पहिलोपोस्ट

कलंकीको जस्तै 'अण्डरपास वे' बानेश्वर र कोटेश्वरमा, डिजाइनका लागि ग्लोबल टेण्डर आह्वान

काठमाडौँः चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै ‘अण्डरपास वे’उपत्यकाका अन्य दुर्इ स्थानमा बनाइने भएको छ।वानेश्वर र कोटेश्वरमा अण्डरपास वे बनाउने प्रक्रिया अघि बढेको छ।

विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ। डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भइरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार छनौट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्नेछ।

त्यसपछि निर्माणको प्रक्रिया नै अघि बढाउने विभागको तयारी छ। निर्माण थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना छ। एउटा अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरि महाराजगंज चोकमा भने चक्रपथ विस्तारकै क्रममा चीन सरकार आफैंले अण्डरपास बनाउनेछ।

 

पाँच स्थानमा ‘ओभरहेड ब्रिज’

सडक विभागले उपत्यकाका विभिन्न स्थानमा ‘ओभरहेड व्रिज’ बनाउने भएको छ।

उपत्यकाको बानेश्वर, थापाथली, कालिमाटी, जावलाखेल, कोटेश्वर लगायतका स्थानमा ‘ओभरहेड व्रिज’ बनाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोटेश्वर र बानेश्वरमा बन्ने व्रिजको डिजाइनको काम भइरहेको छ। दुबै स्थानमा चालु आर्थिक वर्षभित्रबाटै व्रिज बन्ने उनले बताए।

विभागका अनुसार उपत्यकाका करिव ४० स्थानमा ओभरहेड व्रिज बनाउनका लागि विभागमा निवेदन परेको थियो। ती निवेदन परेका मध्येबाट अत्यन्त धेरै पैदल यात्रुको चाप भएका र अत्यावश्यक ठाउँहरुमा ओभरहेड व्रिज बनाउन लागिएको विभागले जनाएको छ। डिजाइन तयार भएपछि मात्रै लागत थाहा हुने विभागले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell