PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसियाड : नेपालका दुवै धावकले म्याराथन पूरा गर्न सकेनन्, जापानी खेलाडीले जिते स्वर्ण



पहिलोपोस्ट

एसियाड : नेपालका दुवै धावकले म्याराथन पूरा गर्न सकेनन्, जापानी खेलाडीले जिते स्वर्ण
फोटो : AAA

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत शनिवार बिहान सम्पन्न म्याराथन नेपालका दुवै धावकले पूरा गर्न सकेनन्।

नेपालबाट प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की दुवै म्याराथन पूरा गर्न असफल रहे।
स्वर्ण विजेता जापानी खेलाडी हिरोतो

यस विधामा जापानका हिरोतो इनोयईले स्वर्ण, एलहसन एलाबासीले रजत तथा चीनका बुजेई डुओले कास्य जिते। हिरोतोले निर्धारित दुरी २ घण्टा २२ मिनेट १८ सेकेण्डमा पुरा गरे।

२१ धावकले प्रतिस्पर्धा गरेका मध्ये नेपालका दुईसहित ६ जना धावकले म्याराथन पुरा गर्न सकेनन्।

एथ्लेटिक्स अन्तर्गत शनिवारै नेपालका याम साजन सुनारले पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell