PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसिया कप छनोटका लागि तयार ६ टोली, कसले जित्ला यो ट्रफी?



पहिलोपोस्ट

एसिया कप छनोटका लागि तयार ६ टोली, कसले जित्ला यो ट्रफी?
फोटो : रमन शिवाकोटी

काठमाडौँ : भोलिदेखि मलेसियाको क्वालालम्पुरमा एसिया कप छनोट क्रिकेट सुरु हुँदैछ। प्रतियोगिता अघि सहभागी ६ वटै राष्ट्रका कप्तानबीच मंगलबार एसिया कप छनोटको ट्रफी सार्वजनिक गरिएको छ।

६ वटै टिम एक आपसमा परिचित भएका कारण छनोट रोमाञ्चक हुने अपेक्षा छ।

छनोट खेल्ने ६ मध्ये नेपाल र युएई आइसीसी ओडिआई मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन २ मा छ। यस्तै ओमान र सिंगापुर डिभिजन थ्री मा छ भने आयोजक मलेसिया डिभिजन ४ मा छ।

छनोटमा नेपाल र युएईसँगै हङकङलाई उपाधिको फेभरेट मानिएको छ। यद्यपि, ६ टिमबीच राउण्ड रोविन लिग खेल भएपछि धेरै अंक हात पार्ने शीर्ष दुई राष्ट्रबीच फाइनल हुनेछ र विजेतामात्र एसिया कपमा छनोट हुनेछ। विजेता छनोटको ट्रफीमात्र उचाल्दैन युएईमा हुने एसियाका अन्य पाँच राष्ट्र सहभागी एसिया कप खेल्न पाउनेछ। यति मात्र होइन, एसिया कपमा सिधै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

घरेलु भूमिमै एसिया कप हुने भएकाले युएईले एसिया कप छनोट जित्दै घरेलु मैदानमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाइसकेको छ। यस्तै छनोटका लागि तयारी गर्न श्रीलंका जानुअघि नेपालका कप्तान पारस खड्काले पनि आफूहरु उपाधि जित्न सक्षम भएको बताएका थिए।

यस्तो छ खेलतालिका:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell