PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसियाड : प्याराग्लाइडिङ क्रस कन्ट्रीमा नेपालको पदक सम्भावना, चौथो राउण्डपछि नेपालको पुरुष टिम दोस्रो स्थानमा



पहिलोपोस्ट

एसियाड : प्याराग्लाइडिङ क्रस कन्ट्रीमा नेपालको पदक सम्भावना, चौथो राउण्डपछि नेपालको पुरुष टिम दोस्रो स्थानमा

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपालले पदकको आशा गरेको  प्याराग्लाइडिङ क्रस कन्ट्री विधामा मंगलबार नेपालको पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ।

पुरुय क्रस कन्ट्रीमा चौथो राउण्डको खेलपछि नेपाली टिम दोस्रो स्थानमा उक्लेको छ। नेपालको पुरुष टिममा विमल अधिकारी, विमल गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्।

पहिलो र दोस्रो राउण्डमा तेस्रो स्थानमा रहेको नेपाली पुरुष टोली तेस्रो राउण्डमा भने चौथो स्थानमा झरेको थियो। तर चौथो राउण्डमा नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लेको हो।

जापान पहिलो स्थानमा उक्लेको छ। अब क्रस कन्ट्रीको अन्तिम राउण्डको खेल बुधबार हुनेछ। त्यसबाट पदक जित्ने राष्ट्रको टुङ्गो लाग्नेछ।

नेपाली टोलीका म्यानेजर शैलेन राउतले नेपालले स्वर्ण पदक नै जित्ने सम्भावना रहेको जनाएका छन्।
 

पलकको आशा गरिएको र यसअघि पनि एसियाडमा पदक जितेको तेक्वान्दो, बक्सिङ र करातेमा नेपाल पदकविहिन हुँदा प्याराग्लाइडिङले पदकको सम्भावना जगाएको छ।

प्याराग्लाइडिङमा कूल ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। जसमा ४ विधा सकिसकेको छ।

यस्तै महिला क्रस कन्ट्रीमा नेपाली टोली चौथो राउण्डपछि छैटौँ स्थानमै यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell