PahiloPost

May 14, 2025 | १ जेठ २०८२

बिम्स्टेक साइडलाइनमा नेपाल-थाइल्याण्ड द्वीपक्षीय वार्ता : थाइल्याण्डले १६ करोड बराबर मेडिकल सहायता दिने



पहिलोपोस्ट

बिम्स्टेक साइडलाइनमा नेपाल-थाइल्याण्ड द्वीपक्षीय वार्ता : थाइल्याण्डले १६ करोड बराबर मेडिकल सहायता दिने
फोटो : सूचना विभाग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच शुक्रवार द्वीपक्षीय भेटवार्ता भएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन साइडलाइनमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
 
भेटवार्ताका क्रममा थाइल्याण्डका प्रधानमन्त्री चान ओ चाले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८० लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन्। 

थाइल्याण्डका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई सो सहायता सम्बन्धी शुक्रवार प्रतीकात्मक सामाग्री हस्तान्तरण गरेका हुन्। थाइल्याण्डले सो सहायता नेपालाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell