PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मादक पदार्थ कति लिँदा समस्या हुन्न? अध्ययन भन्छ : सुरक्षित लेभल नै छैन



पहिलोपोस्ट

मादक पदार्थ कति लिँदा समस्या हुन्न? अध्ययन भन्छ : सुरक्षित लेभल नै छैन
Photo : iStock

थोरै मात्रामा मादक पदार्थ सेवन पनि धेरै हानिकारक भएको तथ्य खुलेको छ। मादक पदार्थ सेवन गर्नुको कुनै सुरक्षित लेभल नभएको एक अध्ययनले देखाएको छ। 
 
लगभग २०० देशका लाखौं मानिसहरुबीच गरिएको एक विस्तृत अनुसन्धानका क्रममा मादक पदार्थ सेवनका कारण विश्वभर एक वर्षमा तीन लाख मानिसको मृत्यु हुने गरेको पत्ता लागेको हो। १० मध्ये एकको मृत्यु भने १५ देखि ४९ वर्ष उमेरबीचमा मादक सेवन गर्नेको हुने गर्ने बताइएको छ। 

यसअघि मादक पदार्थ सेवनको मात्रामा नियन्त्रण गर्दा स्वास्थ्यमा धेरै खतरा नहुने भन्ने गरिन्थ्यो। यस्तै त्यसबाट क्यानसर हुने खतरा र सवारी दुर्घटना पनि धेरै नहुने भनिन्थ्यो।
 
तर, 'दी ल्यान्सेन्ट' जर्नलमा प्रकाशित रिपोर्टमा मादक पदार्थको सेवनबाट हुने फाइदाहरुका कुरालार्इ गलत प्रमाणित गरेको छ। उक्त रिपोर्टमा भनिएको छ - 'हाम्रो अनुसन्धानले मादक पदार्थ सेवन गर्नुको कुनै सुरक्षित लेभल नरहेको पुष्टि गरेको छ।'

एक दिनमा मादक पदार्थ सेवनको सुरक्षित मात्रा पुरुषको लागि दुर्इ ग्लास र महिलाका लागि एक ग्लास भन्ने विभिन्न स्वास्थ्य सम्बन्धी सल्लाहहरुको विपरीत यो अध्ययनको निष्कर्ष आएको हो। 

कहिलेकाही मात्र मादक पदार्थ सेवन गर्ने व्यक्तिहरुमा कति खतरा हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ। उदाहरणका लागि दुर्इ हप्तामा एक पटक सेवन गर्ने व्यक्ति। त्यसैले यो अध्ययनको निष्कर्ष यस्तो समूहका लागि लागू हुँदैन।
 
अध्ययनमा संलग्न 'स्टयान्डफोर्ड युनिभर्सिटी'का मनोवैज्ञानिक र व्यवहारिक विज्ञानका प्रोफेसर केथ हमफ्रेजस भन्छन्, 'तपार्इ यदि आफ्नो जन्मदिन वा क्रिस्मसमा पिउनु हुन्छ भने त्यसको अर्थ यो होइन कि तपार्इँ मर्नुहुन्छ।'

हमफ्रेजसका अनुसार यो अध्ययनको निष्कर्ष दिनमा एक पटक वा हप्तामा धेरै दिन मादक पदार्थ सेवन गर्ने व्यक्तिमा धेरै लागू हुन्छ। पहिले गरिएका अध्ययनहरुका विपरीत 'हरेका हप्ता मादक पदार्थ सेवन गर्ने तर धेरै नपिउने व्यक्तिहरुको स्वास्थ्य मादक पदार्थ सेवन नै नगर्ने भन्दा राम्रो नहुने' बताउँछन् हमफ्रेजस।

सुरक्षित लेभल नै छैन

यो अध्ययन गर्दा समान्य सेवन गर्दा प्रभाव नहुने विश्वभर रहेको तथ्यहरुमा आधारित पहिले गरिएका लगभग ७०० अनुसन्धान प्रतिवेदनहरुको अध्ययन गरिएको थियो। यसका साथै मादक पदार्थ सेवनबाट हुने स्वास्थ्य खराबीबारे २८ लाख मा गरिएको अध्ययनका साथै अरु ६०० अध्ययन प्रतिवेदनहरु पनि हेरिएको थियो।
 
विश्वभर तीन जनामा एक जनाले (३२.५ प्रतिशत) मादक पदार्थ सेवन गर्ने गरेको छ। यो तथ्यांक विश्वका २ सय करोड बराबरको जंनसंख्या हुने गर्छ। यसमा २५ प्रतिशत महिला छन् भने ३९ प्रतिशत पुरुष रहेका छन्।
 
२०१६ मा विश्वमा धेरै मृत्यु हुने कारणहरु मध्ये मादक पदार्थ सेवन गर्नु सातौं प्रमुख कारण रहेको थियो। विश्वभर प्रत्येक वर्ष मादक पदार्थ सेवनका कारण २ प्रतिशत महिला र ७ प्रतिशत पुरुषको मृत्यु हुने गरेको थियो। १५ देखि ४९ वर्ष उमेर समूहका मादक पदार्थ सेवन गर्ने व्यक्तिहरुमा ४ प्रतिशत महिला र १२ प्रतिशत पुरुषको मृत्यु हुने गरेको पाइएको थियो। 

'इस्चेमिक हर्ट डिजिज' भएकाहरुलार्इ केही मात्रामा मादक पदार्थ सेवन गर्नु सुरक्षित हुने अध्ययनले देखाएको छ। तर यो फाइदालार्इ मादक पदार्थ सेवन बाट हुने स्वास्थ्य समस्याले 'आउट वेट' गरिदिएको छ।
 
खासगरी दिनमा एक पटक पिउने व्यक्तिका लागि मादक पदार्थ सेवनका कारण हुन सक्ने स्वास्थ्य समस्याहरु मध्ये एक समस्या हुने सम्भावना प्रति वर्ष ०.५ प्रतिशतले बढ्ने गर्छ। 

जति धेरै मादक पदार्थ सेवन गरिन्छ जोखिम पनि त्यही आधारमा झनै बढ्दै जान्छ । एक दिनमा दुर्इ पटक मादक पदार्थ सेवन गर्ने व्यक्तिहरुमा २३ मध्ये एक समस्या उत्पन्न हुने जोखिम वर्षमा सात प्रतिशतले बढने गर्छ। त्यस्तै दिनमा पाँच मात्रा सेवन गर्ने व्यक्तिमा वर्षमा एक समस्या लाग्ने जोखिम ३७ प्रतिशतले बढ्छ।
 
'युनिभर्सिटी अफ वासिङटन इन्स्टिच्युट फर हेल्थ मेट्रिकस् एन्ड इभ्यालुसन'मा ग्लोबल हेल्थका प्रोफेस र अध्ययनका सह लेखक इम्म्यानुल गाकिडो भन्छन्, 'नियमहरुको अभावका कारण मादक पदार्थले भावी जनसंख्याका लागि धेरै खतरनाक अवस्थाको सिर्जना गर्नेछ।'

अनुसन्धानकर्ताहरुका अनुसार मादक पदार्थको लत छुट्याउनका लागि पब्लिक हेल्थ क्याम्पेनहरु संचालन गरिनु पर्छ। 

मादक पदार्थको लत

हमफ्रेजसले यो अध्ययनलार्इ 'मानव स्वास्थ्यमा मादक पदार्थको प्रभावका बारेमा गरिएको सबैभन्दा परिष्कृत विश्वव्यापी अध्ययन' भनेका छन्।  यो अध्ययनले मादक पदार्थ विश्वमा अपांगता, रोग र मृत्यु हुनेको एक प्रमुख कारण निष्कर्ष निकालेको बताउँछन् हमफ्रेजस।

तर पनि मादक पदार्थको लत हटाउन दिने सल्लाहका सम्बन्धमा हमफ्रेजस भन्छन् कि त्यस्तो सूचना प्रवाह गर्न गाह्रो हुन्छ। किनभने विश्वमा धेरै संख्यामा मादक पदार्थ सेवन गर्ने व्यक्ति छन्। यसका साथै मादक पदार्थ उत्पादन गर्ने कम्पनीहरुको प्रभाव पनि धेरै रहेको छ। 

उनी भन्छन्, 'म भन्दिन कि यो खतरनाक उपाय हो।तर यसलार्इ स्थापना गर्न धेरै कठिन लडाइ लड्नु पर्ने हुन्छ।' 

लतहरु हटाउने विषयका सम्बन्धमा अनुसन्धानकर्ताहरुले मादक पदार्थ सेवनलार्इ घटाउन नियमहरुको निर्माणमा नै जोड दिएका छन्। मादक पदार्थमा बढी कर लगाउने, मादक पदार्थको बिक्रि वितरणमा कडाइ गर्ने, समय निर्धारण गर्ने, मादक पदार्थसँग सम्बन्धित विज्ञापनलार्इ निरुत्सिहित गर्ने जस्ता नियमहरुले लत हटाउन भूमिका खेल्ने उनीहरु बताउँछन्। 

गाकिडो भन्छन्, 'यी नियमहरुले मादक पदार्थ सेवन गर्नेको संख्या घटाउँछ। यसबाट मादक पदार्थको सेवनका कारण हुने स्वास्थ्य खराबी वा मृत्युलार्इ निरुत्साहित गर्न सकिन्छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell