इन्डोनेसियामा भएको १८औँ एसियाडको पदकतालिकामा चीनले पहिलो र जापान दोस्रो भयो। चीनले सर्वाधिक १३२ स्वर्ण जित्दा जापानले ७५ स्वर्ण जित्यो।
संयोगवस चीनले १८औँ एसियाडको पहिलो स्वर्ण जितेको थियो भने जापनले अन्तिम स्वर्ण जित्यो। आइतवार भएको ट्रायथलन मिक्स टिममा जापनले स्वर्ण जित्दै स्वर्ण संख्या ७५ पुर्याएको हो।
FINAL RESULT 🎉
— Asian Games 2018 (@asiangames2018) September 2, 2018
Triathlon Finals 🥇
Triathlon Mixed
Team Japan wins the closing and last Gold medal in #AsianGames2018! Congratulations!
🥇 JPN 🇯🇵
🥈 KOR 🇰🇷
🥉 HKG 🇭🇰
For more medal updates visit https://t.co/bvsEH5QrZu#AsianGames #EnergyofAsia
पहिलो भएको चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य सहित २८९ पदक जित्यो। जापानले ७५ स्वर्ण ५६ रजत र ७४ कास्य सहित २०५ पदक जितेर दोस्रो स्थान हात पार्यो। ४९ स्वर्ण ५८ रजत र ७० कास्यसहित १७७ पदक जितेको दक्षिण कोरिया तेस्रो भयो।
आयोजक इन्डोनेसिया ३१ स्वर्ण, २४ रजत र ४३ कास्यहसित ९८ पदक जितेर चौथो भयो।
यस पटक संयुक्त कोरियन टिमसहित ३७ राष्ट्रले पदक जित्यो। एक रजत जितेको नेपाल पदक तालिकामा ३३औँ स्थानमा रह्यो।
१८औँ एसियाडको समापन समारोह आजै हुँदैछ।