PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

फिफा बेस्ट अवार्ड : अन्तिम तीनमा परेनन् मेसी, यी खेलाडीबीच हुने फाइनल भिडन्त



पहिलोपोस्ट

फिफा बेस्ट अवार्ड : अन्तिम तीनमा परेनन् मेसी, यी खेलाडीबीच हुने फाइनल भिडन्त

फिफा बेस्ट अवार्डको अन्तिम तीनको सूचीमा लियोनेस मेसीको नाम छुट्दा लुका मोडरिच र मोहमद सलाह पहिलो पटक अन्तिम सूचीमा अटाएका छन्। यी दुईसँगै साविक विजेता क्रिस्टियानो रोनाल्डो पनि उक्त सूचीमा छन्।

रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। रियलबाटै खेल्ने मोडरिचले आफ्नो कप्तानीमा क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याए।

सलाहले गत सिजन लिभरपुलका लागि कीर्तिमानी गोल गरेका थिए।

यस्तै महिलातर्फ नर्वेकी अदम हेगेरवर्ग, जर्मनीकी जेनिफर मारोसन र ब्राजिलकी मार्ता छन्।

यसैगरी पुरुषको प्रशिक्षकतर्फ अन्तिम तीनको सूचीमा विश्वकपको फाइनलमा पुगेका फ्रान्सका डिडियर डेसच्याम्प, क्रोएसियाका ज्लाट्को डालिच र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेजिन जिदान छन्।

महिला प्रशिक्षकतर्फ लियोनका रेनाल्ड पेड्रोस, जापानका असाका ताकाकुरा र नेरद्लयाण्ड्सका सारिना विएनमान छन्।

उत्कृष्ट गोलकिपरको अन्तिम तीन सूचीमा बेल्जियमका टिबाउट कोर्तवा, फ्रान्सका ह्युगो लोरिस र डेनमार्कका क्यास्पर सेमिकल छन्।

फिफा पुस्कास अवार्डका लागि दश खेलाडीको गोल मनोनयनमा परेको छ। जसमा गारेथ बेल, डेनिस चेरिसेभ, लाजारोस क्रिस्टोडोउलोउपोलस, क्रिस्टियानो रोनाल्डो, जर्जियन डे अरासकाएटा, रिले म्याग्री, लियोनल मेसी, बेन्जामिन पाभार्ड, रिकार्डो क्वारेस्मा र मोहमद सलाह छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell