नेपाली फिल्म 'माइतीघर'की अभिनेत्री माला सिन्हा एक समयको चर्चित बलिउड अभिनेत्री हुन्। उनले बलिउडका अधिकांश भेट्रान कलाकारसँग काम गरेकी छिन्।
उनले बलिउडमा एक दशक राज गरिन्। हाल मुम्बईको बान्द्रामा बस्दै आएकी उनी अहिले ८२ वर्षको भइन्। नेपाली कलाकार सिपीप्रसाद लोहनीसँग बिहे गरेकी उनकी एक छोरी छिन्। छोरी प्रतिभा सिन्हा पनि अभिनयमा नै लागेकी छिन्।
मालाले बलिउड अभिनेता अशोक कुमार, अमिताभ बच्चन, धमेन्द्र, राज कुमार, किशोर कुमार, राजेश खन्ना लगायतसँग अभिनय गरेकी छिन्। उनले कयौं हिट फिल्म गरेकी छिन्। उनी अभिनत फिल्म 'अनपढ', 'प्यासा', 'दिल तेरा दिवाना', 'बहुरानी' दर्शकले रुचाएका फिल्महरु हुन्।
उनले नेपाली, बलिउड र बंगाली फिल्म गरेकी छिन्। सानैदेखि अभिनयमा रुची राख्ने सिन्हाको जन्म नेपाली परिवारमा भएको हो। तर, उनी कोलकत्तामा हुर्किन्। उनले बंगाली फिल्मबाट अभिनय थालेकी थिइन्। उनी अभिनित पछिल्लो फिल्म 'जीद' हो। १९९६ मा सिपीप्रसाद लोहनीसँग उनले बिहे गरिन्।
सिपी नेपालमा व्यवसाय गर्थे भने उनी बलिउडमा अभिनय। बिगत सम्झिँदै एक भारतीय मिडियालाई उनले भनिन् 'बिहेपछि म भान्सामा मात्र सीमित रहिन। सिपीले मलाई बुझ्नुहुन्थ्यो। उहाँले मलाई फिल्म गर्न सँधै साथ दिनुभयो।' आज पनि बलिउडमा मालाको चर्चा सुनिन्छ।
गत वर्ष उनी नेपाल आएकी थिइन्। 'माइतीघर'का सम्पूर्ण कलाकारलाई सम्मान गर्ने अवार्ड कार्यक्रममा सहभागी हुन उनी आएकी थिइन्।
हेर्नुस् माला सिन्हाको फिल्म माइतीघर