PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

साफ च्याम्पियनसिप : आयोजक बंगलादेशको विजयी सुरुवात



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : आयोजक बंगलादेशको विजयी सुरुवात
फोटो : बीएफएफ

काठमाडौँ : आयोजक बंगलादेशले साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। मंगलवार भको समूह ए को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले हरायो।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन टोपु बर्मान र रहमान सुफिलले एक-एक गोल गरे।

त्यसअघि मंगलवारै भएको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई २-१ ले पराजित गरेको छ।

जितपछि समूह ए मा बंगलादेश र पाकिस्तानले ३-३ अंक जोडेको छ। गोलअन्तरका आधारमा बंगलादेश पहिलो र पाकिस्तान दोस्रो स्थानमा छ।

नेपाल र भुटान अंकविहिन छ। अब नेपालले भुटान तथा बंगलादेशले पाकिस्तानसँग दोस्रो खेल खेल्नेछ। दुवै खेल बिहीवार हुनेछ। बुधवार समूह बी मा रहेका भारत र श्रीलंकाबीच एक खेल मात्र हुनेछ। समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स गरि तीन टिम मात्र छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell