PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको ठगी प्रकरण : मन्त्रीको निर्देशन कर्मचारीले टेरेनन्, ठगकै भए मतियार



अमर बडुवाल

शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको ठगी प्रकरण : मन्त्रीको निर्देशन कर्मचारीले टेरेनन्, ठगकै भए मतियार

काठमाडौं : शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको संचालक राम निरंजन जटिया र जीतबहादुर मगरबीच सम्पूर्ण शेयरहरू बिक्री विषयमा विवाद भए लगत्तै उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले दुवै जनलाई उपस्थित गराउन कम्पनी रजिष्टारको कार्यालयलाई निर्देशन दिएका थिए।

मन्त्रालयले असार २८ गते कम्पनी रजिष्ट्रारको कार्यलयलाई पत्र लेख्दै शेयर किनबेचमा किन्ने र बेच्ने दुवै व्यक्ति स्वयम उपस्थित गराउनु भन्ने निर्देशन दिएका हुन्। तर, कम्पनी रजिष्ट्रार कार्यलयका उप-सचिव स्तरका कर्मचारीहरु गंगाधर पौडेल र धर्मराज रोकायाले आर्थिक प्रलोभनमा परी निर्देशन दिएको भोलिपल्टै किर्ते कागजमा सहिछाप गराएको खुलेको हो।

कीर्तेकाण्डबारे पढ्नुसु : कम्पनीको साहुकै कीर्ते गरेर ७० करोडको ठगी प्रयास, अन्तत: फन्दामा परे जीतबहादुर

विदेशमा बस्ने नागरिक स्वयम उपस्थित हुन नसकेमा सम्बन्धित देशको नेपाली राजदूतावासमा गएर सनाखत गराएको कागज कम्पनी रजिष्ट्रारको कार्यलयमा पठाउनुपर्छ। तर, कार्यलयका कर्मचारीले भने त्यसो पनि गरेनन्। पौडेल र रोकाय अहिले फरार छन् भने अन्य दुई कर्मचारी नारायणप्रसाद पोखरेल र उमेशमान जोशी पक्राउ परिसकेका छन्।

कम्पनी जटियाकै नाममा फिर्ता

कीर्ते गरेर जीतबहादुर मगरको नाममा बनाइएको शंकर इलेक्ट्रोनिक्स अहिले राम निरंजन जटियाकै नाममा बनाइएको छ। कम्पनी रजिष्टार कार्यलयबाट पछिल्लो समय गरिएका सबै निर्णय खारेज गरेसँगै कम्पनी जटियाकै नाममा फिर्ता भएको हो।

जटिया विदेशी नागरिक भएकाले उनले कम्पनीको नाममा काठमाडौंका विभिन्न स्थानमा २० रोपनी जग्गा र घर छ। २५ लाख रुपैयाँ पुँजी भएको कम्पनीको शेयर कीर्ते गरेर किन्नुको पछि करिब ७० करोड रुपैयाँ बराबरको त्यही घरजग्गा कारण थियो।

कीर्ते कागजपत्र बनाइ ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने मगर सहित १२ जनलाई प्रहरीले पक्राउ गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell