PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिकित्सक संघका अध्यक्षको राजीनामा स्वीकृत, 'अब राजनीतिमा लाग्छु'



सागर बुढाथोकी

चिकित्सक संघका अध्यक्षको राजीनामा स्वीकृत, 'अब राजनीतिमा लाग्छु'

काठमाडौँ: नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट दिएको राजीनामा स्वीकृत भएको छ। पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै उनले सेवाबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ।

३३ वर्ष स्वास्थ्य सेवामा काम गरेका डा श्रेष्ठ पछिल्लो समय काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए।  नेपाल चिकित्सक संघका अध्यक्ष भएका उनी अन्य संघसस्थामा पनि कार्यरत थिए। उनी नेपाल सरकार को १० औं तह(उपसचिव) पदमा कार्यरत थिए।

आलोचना बढ्दै गएपछि उनले राजीनामा दिएका हुन। चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै पछिल्लो समय उनको आलोचना बढेको थियो। उनी नेपाली कांग्रेस निकट छन्। सरकारी चिकित्सक भएर सरकारको विरोध गरेको भन्दै नेकपा निकटका चिकित्सकहरूले उनको आलोचना गर्दै आएका थिए। आलोचना बढ्दै गएपछि पूर्ण रूपमा राजनीतिमा लाग्न राजीनामा दिएको बताए।  उनले भने, ‘ पूर्ण रूपमा  राजनीतिमा लाग्ने सोचले राजीनामा दिएको हुँ। सरकारी कर्मचारी भएर सरकारको विरोध गरेको भन्ने आलोचना आयो।’ 

डा श्रेष्ठ विरुद्ध संघको अध्यक्ष भएपछि बिदा नलिई कार्यालय उपस्थित नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ। उक्त विषयमा अख्तियारले स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको पनि थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell