PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

साफ च्याम्पियनसिप : बंगलादेशविरुद्ध आज खेल्दै नेपाल, यस्तो छ हेड टु हेड



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : बंगलादेशविरुद्ध आज खेल्दै नेपाल, यस्तो छ हेड टु हेड

काठमाडौँ : साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। नेपालका लागि सेमिफाइनल पुग्न यो खेल महत्वपूर्ण छ। समूह ए अन्तर्गत शनिवारै पाकिस्तान र भुटानबीच पनि खेल हुँदैछ।

पाकिस्तान र भुटानबीचको खेल दिउँसो ३:४५ बजे हुने भएकाले नेपालको लागि केही सहज हुनेछ। पहिलो खेलको नतिजापछि नेपालले सेमिफाइनल पुग्न कस्तो नतिजा निकाल्नुपर्छ भन्ने समिकरण बन्नेछ। त्यस खेलको नतिजा हेरेर कस्तो खेल्ने अनुमान गर्न सक्छ। यद्यपि, नेपालले बंगलादेशलाई पराजित गरेमा अन्तिम चारमा पुग्नेछ।

बंगलादेशले यसअघिको दुवै खेल जितेको छ। नेपालले भने एक जित र एक हारको नतिजा निकालेको छ।

बंगलादेशले पहिलो खेलमा भुटानलाई २-० र दोस्रो खेलमा पाकिस्तानलाई १-०ले पराजित गर्दै ६ अंक जोडिसकेको छ।

यता पहिलो खेलमा पाकिस्तानँग २-१ ले हारेको नेपालले दोस्रो खेलमा भने भुटानलाई ४-० ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

बंगलादेश जित वा बराबरीले पनि सेमिफाइनल पुग्नेछ। नेपालको हकमा भने अर्को खेलको नतिजा छाड्ने हो भने जित नै चाहिन्छ। अर्को खेल बराबरी भएर वा भुटान विजयी भए नेपाल बंगलादेश विरुद्ध बराबरीले पनि सेमिफाइनल पुग्न सक्छ।

यदि पाकिस्तानले भुटानलाई पराजित गर्ने र नेपालले पनि बंगलादेशलाई हराएमा तीनवटै टोलीको ६ अंक हुन्छ र यस्तोमा गोलअन्तर र हेड टु हेड निर्णायक हुनेछ।

नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले शुक्रवारको प्रिम्याच कन्फ्रेन्समा पनि नेपालको लागि पाकिस्तान र भुटानबीचको खेल महत्वपूर्ण हुने बताएका थिए।

'हाम्रो लागि पहिलो खेल महत्वपुर्ण हुनेछ, पाकिस्तानले हारे नेपालले बराबरी मात्र खेल पुग्नेछ। पाकिस्तानलाई पनि भुटान विरुद्ध जित्नैपर्ने दबाब छ। त्यसैले हामी उक्त खेलको नतिजा हेरेर रणनीति बनाउनेछौँ।'

उनले पाकिस्तानसँग पनि राम्रै खेलेर हारेको र भुटानसँग खेलको नेपाली टोलीमा इम्प्रुऐ हुनु नै बंगलादेश विरुद्ध नेपालको जित्ने आधार रहेको बताए। भुटानसँगको खेलपछि नापली टिममा इमप्रुभ भएको छ। टिम समान स्तरको छ। खेलाडीमा कुनै चोट छैन।

भुटानले पाकिस्तानलाई ठूलो अन्तरमा पराजित गरेको खण्डमा नेपाल र बंगादेशसँग ठुलो अन्तरमा हारेमा भुटानको पनि अघिल्लो चरण सम्भावना रहनेछ।

 

हेड टु हेड

बंगलादेश विरुद्ध विगतको नतिजा हेर्ने भने नेपालको पक्षमा छैन। साफ च्याम्पियनसिपमा पनि ६ पटक आमनेसामने हुँदा बंगलादेशले ४ खेल जित्दा नेपालले २ खेल मात्र जितेको छ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म भएको १६ मध्ये बंगलादेशले ११ खेल जितेको छ। नेपालले ४ खेल मात्र जितेको छ। एक खेल भने बराबरीमा सकिएको थियो।

 

नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका खेल र त्यसको नतिजा

१९८३ मर्डेका कप नेपाल १-० ले पराजित

१९८४ साफ गेम्स नेपाल ५-० ले पराजित

१९८४ साफ गेम्स नेपाल ४-२ ले विजयी

१९८६ एसियन गेम्स नेपाल १-० ले पराजित

१९८७ साफ गेम्स नेपाल १-० ले विजयी

१९९१ साफ गेम्स नेपाल २-० ले पराजित

१९९५ साफ च्याम्पियनसिप नेपाल २-० ले पराजित

१९९५ मैत्रीपूर्ण खेल नेपाल २-१ ले पराजित

१९९९ साफ च्याम्पियनसिप नेपाल २-१ ले पराजित

१९९९ साफ गेम्स नेपाल १-० ले पराजित

२००३ साफ च्याम्पियनसिप नेपाल १-० ले पराजित

२००५ साफ च्याम्पियनसिप नेपाल २-० ले पराजित

२०११ साफ च्याम्पियनसिप नेपाल १-० ले विजयी

२०१२ मैत्रीपूर्ण खेल नेपाल १-१ बंगलादेश

२०१३ एएफसी एसियन कप नेपाल २-० ले पराजित

२०१३ साफ च्याम्पियनसिप नेपाल २-० ले विजयी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell