PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा छनोट, आन्द्रे रसेलसँगै नान्गरहर टिमबाट खेल्ने



पहिलोपोस्ट

सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा छनोट, आन्द्रे रसेलसँगै नान्गरहर टिमबाट खेल्ने
फोटो : ACC

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार सन्दीप लामिछानेले आगामी अक्टोवरमा हुने अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेल्ने भएका छन्।

सोमवार भएको प्लेअर ड्राफ्टबाट सन्दीपलाई नान्गरहर टिमले छनोट गरेको हो। सन्दीप आइसीसी एसोसिएट क्याटेगोरी अन्तर्गत छानिएका हुन। सन्दीप रहेको यो ग्रुपको खेलाडी १५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। उनी १३औँ खेलाडीको रुपमा टिममा छनोट भएका हुन्।

सन्दीपको टिममा आन्द्रे रसेल आइकल प्लेअरको रुपमा छन् भने सीपीएल टिममेट बेन कटिङ, मुस्ताफिजुर रहेमान, तमिम इकवाल, मोहमद हाफिज, मिचेल म्याकलेनघान जस्ता विदेशी खेलाडी पनि छन्।

यस्तै अफगानिस्तानका मुजिव रहेमान, शफिकुल्लाह सफक, नजिव तरकाई, रहेमत शाह, जाहिर खान र नभिन उल हक पनि छन्।

सन्दीप विदेशी टी-२० फ्रेन्चाइज लिगमा छनोट भएको यो चौथो पटक हो। उनले यसअघि नै आइपीएलमा दिल्ली डेयरडेभिल्स, सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र ग्लोबल टी-२० क्यानडामा मोन्ट्रेल टाइगर्सबाट खेलिसकेका छन्।

नेपाली राष्ट्रिय टोलीका कप्तान ारस खड्कार फासट बलर सोमपाल कामीको नाम एपीएलको ड्राफ्टमा रहेपनि उनीहरुलाई कुनै पनि टिमले छनोट गरेनन्।

अफगानिस्तान क्रिकेट बोर्डले पहिलो पटक आयोजना गर्न लागेको टी-२० फ्रेन्चाइज लिगमा अफगानिस्तानका पाँच शहरको नामबाट पाँच टिम छन्।

जसमा विश्वकै चर्चित खेलाडीहरु क्रिस गेलदेखि शाहिद अफ्रिदी, ब्रेण्डन म्याकुलम, आन्द्रे रसेज जस्ता खेलाडीहरु आइकोनिक प्लेअरको रुपमा छनोट भएका छन्।

यस्तै अफगानिस्तानै स्पीनर रसिद खान पनि आइकोन प्लेअरका रुपमा छनोट भए। उनी आइकोन प्लेअर हुने एक मात्र अफगानी खेलाडी हुन्।

एसीबीले आयोजना गर्ने एपीएल अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको शारजहाँ क्रिकेट स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell