PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

५ प्रश्नको उत्तर खोज्न पूर्व प्रम बाबुराम भट्टराईको अमेरिका यात्रा



पहिलोपोस्ट

५ प्रश्नको उत्तर खोज्न पूर्व प्रम बाबुराम भट्टराईको अमेरिका यात्रा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई 'प्राज्ञिक भ्रमण'का लागि आज बेलुका अमेरिका जाँदैछन्। भट्टराईको सचिवालयले जनाएअनुसार यो भ्रमण उनले अध्ययनको उद्देश्यसाथ गर्न लागेका हुन्।

उनले यो भ्रमण मुख्यत: केही प्रश्नहरुका साथ गर्न लागेको सचिवालयले जनाएको छ। ती प्रश्नहरु यस्ता छन् :

१. विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवाद/साम्यवाद दुवै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ?
 
२. के यो २१ औं शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्वसूचक हुनसक्छ? 

३. नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरुमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ? 

४. नेपालजस्ता अतिकम विकसित देशहरुलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रुपान्तरण गर्न सकिन्छ? 

५. अरु विकसित देशहरुको अनुभवबाट के सिक्न सकिन्छ? 
यिनै प्रश्नहरुको वरिपरि रहेर भ्रमणका क्रममा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत छ। 

भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्य पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्ध/प्राज्ञिक व्यक्तित्वहरु, नीति निर्माताहरु, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरु, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्ने बताइएको छ। 

भट्टराईको सचिवालयका अनुसार भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्नेछ। उनीसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि छिन्।

भट्टराई असोज २२ गते नेपाल फर्किनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell