PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एआइजी बढुवामा तीन जना सिफारिस, पहिलो नम्बरमा पुष्कर कार्की



पहिलोपोस्ट

एआइजी बढुवामा तीन जना सिफारिस, पहिलो नम्बरमा पुष्कर कार्की

काठमाडौँः  नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक ( एआइजी) मा बढुवाका लागि तीन जना डिआइजीको नाम सिफारिस भएको छ। लामो समयदेखि बढुवा रोकिएको थियो। गृह मन्त्रालयमा म‌गलबार बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो। मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषद्ले बढुवा गर्नेछ।

बढुवा सिफारिसको पहिलो नम्बरमा डिआइजी पुष्कर कार्की, दोस्रोमा ठुले राई र तेस्रोमा  धिरु बस्नेतको नाम रहेका छन्। बढुवाका लागि पाँच जना प्रतिस्पर्धी थिए।  सरकारले तीन जना मात्र एआइजी बनाउने निर्णय गरेसँगै पाँच जना डिआइजी मध्येबाट तीन जनाको नाम सिफारिसमा परेको हो। प्रतिस्पर्धामा रहेका डिआइजी मनोज न्यौपाने र सुरेन्द्रविक्रम शाह भने बढुवा सूचीमा परेनन्।

एउटै व्याचका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भइसके पनि पाँच महिनादेखि राजनीतिक दलहरूबीच कुरा नमिल्दा बढुवा हुन सकेको थिएन। डिआइजी खनाल महानिरीक्षकमा बढुवा हुँदा कार्यसम्पादन मुल्याङ्कन अनुसार कार्की तेस्रो नम्बरमा थिए। दोस्रो नम्बरमा रहेका रमेश खरेल महानिरीक्षक हुन नपाएपछि राजीनामा दिएसँगै कार्की एक नम्बरमा एआइजी बढुवा हुने निश्चित भएको थियो।

डिआइजी कार्की अपराध अनुसन्धानमा अम्बल प्रहरी अधिकृत मानिन्छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख रहँदा दिनेश अधिकारी चरीको इन्काउन्टरपछि उनको चर्चा सुरु भएको थियो। उनी हाल केन्द्रीय प्रहरी प्रतिष्ठानमा कार्यरत छन्। लागूऔषध नियन्त्रण व्यूरोमा कार्यरत ठुले राई बढुवाको दोस्रो नम्बरमा परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell