PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

अमेरिका र फिलिपिन्समा आँधीको कहर, ठूलो जनधनको क्षति हुने चेतावनी : विश्वमा आज



पहिलोपोस्ट

अमेरिका र फिलिपिन्समा आँधीको कहर, ठूलो जनधनको क्षति हुने चेतावनी : विश्वमा आज

'फ्लोरेन्स'को त्रास

अमेरिकाको पूर्वी तटको नजिक शक्तिशाली समुन्द्री आँधीका कारण व्यापक क्षति भएको छ। आँधीका कारण केरोलिना क्षेत्रका हजारौं घरहरु डुबानमा परेका छन्। सडक, हवार्इ मार्ग, बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएका छन्। अधिकारीहरुले ‘फ्लोरेन्स’ नाम दिइएको उक्त आँधीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी पहिल्यै दिइसकेका छन्। 

१५० किलोमिटर प्रतिघण्टा रफ्ताले आइरहेको फ्लोरेन्स आँधीसँगै बिनाशकारी बाढी पहिरोको खतरा रहेको हुनाले सबैलार्इ सचेत रहन आग्रह गरिएको छ। आँधीबाट प्रभावित अमेरिकी राज्यहरुका तटीय इलाकाबाट करिब १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यस क्षेत्रका केही कारागारमा रहेका कैदीहरुलार्इ पनि अन्य स्थानमा लगिएको अधिकारीहरुले बताएका छन्। तर दुर्इ कारागारमा रहेका बन्दीहरुलार्इ भने स्थानतरण गर्न सम्भव नरहेको बताइएको छ। २००५ मा ' हुरिकेन क्याटरिना' का बेला हजारौै कैदीहरुलार्इ कारागारमै छोडिएको थियो। ती मध्ये ५१७ जनाको हालसम्म वेपत्ता रहेका छन्। 

'सुपर टाइफुन मान्गखुट'को प्रहार

फिलिपिन्समा आँधीका कारण ५० लाख मानिस प्रभावित भएको जनाइएको छ। ‘सुपर टाइफुन मान्गखुट’ भनिएको उक्त आँधी प्रतिघण्टा २५५ किलोमिटरको रफतारले आइरहेको जनाइएको छ। लुजोन टापु बस्दै आएका मानिसहरुलार्इ सावधानी अपनाउन र सकेसम्म सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। टापुका सबै विद्यालयहरु बन्द गरिएको छ भने त्यहाँ सेना खटाइएको अधिकारीहरुले बताएका छन्।
 
भारी वर्षाका कारण बाढी पहिरो पनि उत्तिकै खतरा रहेको बताइएको छ। फिलिपिन्सका ३९ प्रान्तहरुमा आँधीको प्रभाव रहने भएकोले सबै हवार्इ उडानहरु रद्द गरिएको छ। २०१३ मा आएको भयानक ‘सुपर टाइफुन हाइयान’ का कारण ७हजार जनाको मृत्यु भएको थियो भने लाखौं विस्थापित भएका थिए।  


 दुर्घटनामा १५ को मृत्यु

भारतको जम्मु कश्मीर क्षेत्रमा रहेको किस्टवर जिल्लामा एक मिनीबस सडकबाट ३०० मिटर तल खस्दा १५ जनाको मृत्यु भएको छ। उक्त मिनी बस किस्टवरबाट डनडरानमा गइरहेको बेला चालकले नियन्त्रण गुमाउँदा दुर्घटना हुन पुगेको अधिकारीहरुले बताइएको छन्। बसमा ३० यात्रु रहेका थियो।


अफगानिस्तानमा आक्रमण

अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा अवस्थित एक प्रहरी चौकीमा तालिबान लडाकूले आक्रमण गरेका छन्। आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको जनाइएको छ। अफगानिस्तानमा पछिल्ला दिनहरुमा तालिबान समूह र इस्लामिक स्टेट्सलगायतका आतंककारी समूहहरुले अफगान सेना र प्रहरीमाथि भीषण आक्रमण गर्नुका साथै देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन्। अतिवादी समूहको आक्रमणबाट अफगानी सर्वसाधारण र सुरक्षाफौजमा व्यापक क्षति भएको छ। 


समाजसेवामा अमेजनका संस्थापक

विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन्। उनीसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ। बेजोस र उनकी श्रीमती म्याकेन्जीले स्थापना गरेको “बेजोस डे वान फन्ड” बाट दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जनाइएको छ। पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्ने रहेको बताइएको छ। 

ट्रम्पको तर्क 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन माथि लगाइने करका बारेमा वासिङटन कुनै प्रकारको दबाबमा नरहेको स्पष्ट पारेका छन्। दुर्इ राष्ट्रबीच व्यापार युद्धको खतरा रहेको बेला अमेरिकाले चीनसँग वार्ताको पहल गरेको थियो। चीनले पनि वार्ताको प्रस्ताव स्वीकार गरेको अवस्थामा ट्रम्पले दिएको यो अभिव्यक्तिलार्इ महत्वका साथ हेरिएको छ। ट्रम्पले चीनका २०० बिलियन मूल्य बराबरको सामान माथि कर लगाउने तयारी गर्दैछन्। त्यसबाट चीनमा लगानी गरिरहेको अमेरिकन कम्पनीहरुलार्इ धेरै घाटा हुने बताइएको छ। एप्पलले त आफ्ना समानहरु महंगो हुने बताइसकेको छ।  

इक्वेडरमा प्रदर्शन

इक्वेडरमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ। इक्वेडरका राष्ट्रपति लेनिन मोरिनोले अर्थव्यवस्था सुधार्न ल्याएका नीतिहरु पर्याप्त नभएको भन्दै पूर्व राष्ट्रपति राफेल कोररियाका समर्थकहरुले क्विन्टो शहरमा प्रदर्शन चर्काएका छन्। 

तस्विर: AP/AFP/WRAL/BBC/SKY/REUTERS/ GETTY/ANI
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell