PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्रसर बन्द हुँदा तामाकोशीको काम अलपत्र



पहिलोपोस्ट

क्रसर बन्द हुँदा तामाकोशीको काम अलपत्र

दोलखाः दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनर्निर्माणको काम अलपत्र परेको छ। क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीको कामसमेत अलपत्र परेको हो।

कालिञ्चोक गाउँपालिका–४ को पत्राचार अनुसार ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिङ्गटी सडक निर्माण, भूकम्पपीडितको आवास निर्माण र एडिबीबाट दर्जनौँको सङ्ख्यामा विद्यालय निर्माण भइरहेका काम अलपत्र परेका हुन्।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम गरिरहेको सिनोहाइड्रो कम्पनीको सब कन्ट्र्याक्टरको क्रसर बन्द गराएपछि राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प हुने भएको छ।

मन्त्रिपरिषद्ले गरेका निर्णयको अवज्ञा नगर्न जनप्रतिधिलाई ठेकेदार कम्पनीले अनुरोध गरेको छ ।

नियम कानून कस्तो बनाउने हो गाउँपालिकाले बनाई कुनै पनि बहानामा जनताको काम रोक्न नमिल्ने भनी जनगुनासो बढ्दो रुपमा आइरहेको छ। राज्यलाई आर्थिकरुपमा मजबुद बनाउन अग्रसर हुँदै राष्ट्रिय गौरवका आयोजनाको काम, भूकम्पपीडितको आवास निमार्णको काममा असर नपु¥याउन नागरिक समाज दोलखाले अपील गरेको छ।

यता गाउँपालिकाले ठेक्कामा असर नपरोस् भन्ने उद्देश्यले केही समयसम्मका लागि मात्र सङ्कलन र निकासीमा रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण हुमागार्इंले जानकारी दिए। प्रदेश सरकारले तोकेको दर रेटअनुसार एक घनमिटर सङ्कलन र निकासी गर्दा कूल रु ३१८ लाग्ने कारण विगतको वर्षमा पनि ठेक्कामा लगाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत हुमागाईंले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell