PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देशव्यापी दबाबपछि विवादास्पद प्रहरीकै पोलिग्राफ टेस्ट



सविन ढकाल

देशव्यापी दबाबपछि विवादास्पद प्रहरीकै पोलिग्राफ टेस्ट

काठमाडौं : निर्मला प्रकरणमा विवादास्पद प्रहरीहरुमाथि पोलिग्राफ टेष्ट हुने भएको छ। प्रहरी प्रधान कार्यालयले निलम्वित एसपी डिल्लिराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ लिने निर्णयमा पुगेको हो। 

आइतवारमात्र घटनाको छानविन गर्न डिआइजीको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको थियो। अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको हो। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आवश्यकताअनुसार पोलिग्राफ टेस्ट लिइने तयारीमा रहेको जानकारी दिए। उनले भने, 'छानविन समितिले छानविन गरिरहेको छ। आवश्यकताअनुसार टेस्ट हुन्छ।'

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको अनुसन्धानमा शङ्का पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो। एसपी विष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो। एसपी विष्टको डिएनए परीक्षण समेत गरिएको छ। तर, अहिलेसम्म डिएनए रिपोर्ट सार्वजनिक गरिएको छैन।

शनिवार काठमाडौंसहित देशव्यापी रुपमा निर्मलालाई न्याय माग्दै प्रदर्शन भएपछि दवावमा आएको गृह मन्त्रालयले दुई डिएसपी सहित पाँच जनालाई त्यसै दिन निलम्बन गरेको छ। निलम्बनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्। समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गर्ने छ।

निर्मला प्रकरण : अब डिआइजीको नेतृत्वमा छानविन हुने, सुरुका सबै प्रहरीलाई काठमाडौं झिकाइयो

एसपी डिल्लीराज विष्टको रगत डिएनए परीक्षणका लागि पठाइयो, विष्टका छोरा र मेयर सुरेन्द्रका भतिजको पनि परीक्षण गरिँदै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell