PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

असोज ५ गतेदेखि दसैंका लागि बसको अग्रिम टिकट खुल्नेः व्यवसायीसँग यसरी भयो सहमति



पहिलोपोस्ट

असोज ५ गतेदेखि दसैंका लागि बसको अग्रिम टिकट खुल्नेः व्यवसायीसँग यसरी भयो सहमति

काठमाडौः  दसैंका लागि बसको अग्रिम टिकट असोज ५ गते देखि खुल्ने भएको छ ।

यातयात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातायात व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका हुन्। छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए। तर विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएपछि व्यवसायीले टिकट खोल्न सहमत भएका हुन्।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने बताए।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि टिकट खोल्न सहमत भएको बताए।

'सरकारसँग यातायात क्षेत्रले भोगेका समस्याहरु राखेका छौं त्यसलार्इ संबोधन गर्ने जिम्मा उहाँहरुलार्इ छाडेर हामी बुकिङ खोल्न तयार भएका हौं।' उनले भने।दशैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन्।

फूलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजार यात्रुबाहक बस उपत्यकाबाट बाहिरिने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell