PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौँः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले चाडवाड सुरु हुनुअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेका हुन्।

“चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ”, विज्ञप्तिमा भनिएको छ ।

भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell