.jpg)
काठमाडौँः चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ।
भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले नयाँ विचार सिजिङपिङ विकास गरी चीनलाई नयाँ उचाईमा पु¥याएकोमा खुसी व्यक्त गरे।
आफू दुबै पटक प्रधानमन्त्री हुँदा अघि सारिएका छलफल र समझदारीलाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिए। उक्त अवसरमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
छलफलका क्रममा प्रचण्डले भने ‘पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौताले दूरगामी महत्त्व राख्दछ । बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो।’
भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष प्रचण्डको योगदानको प्रशंसा गरे। दुई सरकार र दुई पार्टीबीच भएको समझदारी र सम्झौताको शीघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिस्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाई थियो।