PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजदूतको शब्द र सीतु खरेलको स्वरमा ‘मजस्तै तिमी पनि...’



पहिलोपोस्ट

राजदूतको शब्द र सीतु खरेलको स्वरमा ‘मजस्तै तिमी पनि...’

गायिका सीतु खरेलको एल्बम ‘मजस्तै तिमी पनि’ सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा कार्यक्रम आयोजित कार्यक्रममा उनको सातौं एल्बम रिलिज भएको हो। एल्बम सीतुसँगै पति सुमन खरेल र एल्बमका संगीतकर्मीहरुले लोकार्पण गरे। 

६ वटा गीत रहेको एल्बमका सबै गीतमा शब्द बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर क्षेत्री, दुबसुले लेखेका हुन्। उनको गजल संग्रह ‘कोलाज मन’का शब्दहरुमा सीतु खरेलको स्वर दिएकी हुन्। गीतहरुमा प्रभुराज ढकाल, हरि लम्साल, न्हु बज्राचार्य, चन्डीप्रसाद काफ्ले, कर्ण दासको संगीत छ। 

विन्दाबासिनी म्यूजिकको प्रस्तुति रहेको मजस्तै तिमी पनिको शीर्ष गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। शरण पंगेनी र रुपा कंडेल फिचर्ड म्युजिक भिडियो निर्देशन काजी श्रेष्ठले गरेका हुन्। अजय रेग्मीले खिचेको भिडियोमा सम्पादन दीपक विष्टको छ। 

२० वर्ष लामो संगीत यात्राको अनुभव साट्दै सितुले भनिन्,’योपटक अझ सिकेर परिपक्व भएर गीत ल्याएकी छु। पहिलोपटक पाँच महिना समय दिएर एल्बम तयार गरें।’ 

सीतुले भारतीय शास्त्रीय संगीतमा ग्र्याजुएसन र ट्रिनिटी कलेज बेलायतबाट संगीतमै डिप्लोमा गरेकी छिन्। उनका स्मारिका, परी, सिम्रिक, सीतु, बताससँगै, निर्माण लगायत एल्बम सार्वजनिक छन्। पाँच वर्ष लामो अन्तरालपछि उनी नयाँ सांगीतिक प्रस्तुति लिएर आएकी हुन्। 

उनका गीतहरुमाथि कवि तथा संगीतकार विप्लव प्रतीकले समीक्षा गरे। उनले शब्दहरुलाई स्वर र संगीतले न्याय गरेको बताए। भने- सीतुको स्वरलाई संगीतले र शब्दलाई सीतुको स्वरले जीवन्तता दिएको छ। 

सीतुले एल्बमबाट संकलित मुनाफा अशक्तहरुको लागि काम गर्दै आएको संस्था मानव सेवा आश्रमलाई दिने जानकारी दिइन्। ६ वर्ष अघि स्थापित संस्थाको १२ जिल्लामा शाखा छन् जसले २००० बढी सडक बालबालिक, बलात्कार पीडित, मानसिक बिरामी लगायतको उद्धार गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell