PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

च्याम्पियन्स लिग : रियल, वायर्न, युभेन्ट्स र युनाइटेड विजयी, सिटी लियोनसँग पराजित, रोनाल्डोलाई रातो कार्ड



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रियल, वायर्न, युभेन्ट्स र युनाइटेड विजयी, सिटी लियोनसँग पराजित, रोनाल्डोलाई रातो कार्ड

यरोपियन्स च्याम्पियन्स लिग अन्तर्गत गएराती सम्पन्न खेलमा ठूला क्लबहरु रियल मड्रिड युभेन्ट्स वायर्नु म्युनिख म्यानचेष्टर युनाइटेड विजयी भएका छ। इंग्लिस च्याम्पियन म्यानचेष्टर सिटी भने फ्रेन्च क्लब लियोनसँग पराजित भएको छ।

यस्तै क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा डेब्यु गर्दा रातो कार्ड पाएका छन् उनले २९ मिनेट मात्र खेल्न पाए।

समूह जी को खेलमा रियलले रोमालाई ३-० ले पराजित गर्‍यो। घरेलु मैदानमा रियलका लागि इस्को, गारेथ बेल र मारियानो डियाजले गोल गरे। यसै समूहमा भिकटोरिया प्लेजन र सिएसकेए मस्कोले २-२ गोलबो बराबरी खेल्दै अंक बाँडे।

रोनाल्डोले रातो कार्ड पाएपनि समूह एचमा युभेन्ट्सले भ्यालेन्सियालाई २-० ले पराजित गर्‍यो। युभेन्ट्सका लागि मिरालेम पिजानिकाले दुवै गोल पेनाल्टीमा गरे। भ्यालेन्सियामा पेजोले खेलको अन्त्तयतिर पेनाल्टी चुकाएका थिए। यसै समूहमा पउल पोग्वाको दुई गोल मद्दतमा म्यानेचष्टर युनाइटेडले योङ ब्वाइजलाई ३-० ले हरायो। युनाइटेडका लागि अर्को गोल एन्टोनी मार्सियलले गरे।

समूह इ अन्तर्गत वायर्नले वेनफिकालाई २-० ले हराउँदा अयाक्सले एथलेन्सलाई ३-० ले हरायो। 

यस्तै समूह एफ मा सिटी लियोनसँग घरेलु मैदानमै २-१ ले पराजित भयो। लियोनका लागि अवे मैदानमा जित दिलाउन म्याक्सवेल कोर्नेट र नविल फकिरले गोल गरे। सिटीका लागि बर्नानर्डो शिल्भाले सान्त्वना गोल फर्काए। यसै समूहको अर्को खेलमा साख्तर डोनेस्क र होफेनहेइमले २-२ को बराबरी खेले।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell