PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अस्करको लागि  'पञ्चायत' छौनट



पहिलोपोस्ट

अस्करको लागि  'पञ्चायत' छौनट

काठमाडौं : ९१ औं एकेडेमी अवार्ड (अस्कर) प्रतिस्पर्धाका लागि नेपाली फिल्म 'पञ्चायत' छौनट भएको छ। 'द अस्कर अवार्ड'को विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधाका लागि नेपालको विदेशी भाषी चलचित्र छनोट समितिले 'पञ्चायत' छनौट गरेको हो।

अवार्डका लागि तीन फिल्म दर्तामा सहभागी थिए। 'तान्द्रो', 'पञ्चायत', तथा 'माइ लभ प्रोमिश फर काठमाडौं' दर्तामा आएका तीन फिल्म हुन्।  उक्त तीन फिल्म एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका रहेको नेपालस्थित अस्कर छनोट समितिले जनाए।

शिवम अधिकारीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ। फिल्मको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट र दृष्टिगत पक्षलाई  केन्द्रमा राखेर फिल्म छनौट गरिएको हो।

विमल पौडेल अध्यक्ष रहेको नेपालको अस्कर छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप कुमार उपाध्याय, राजेन्द्र शलभ, राजुबिक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य रहेका छन्।  

द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेद्वारा सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९१औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) वितरण गरिनेछ। 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell