PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'निर्जला'को दशैं गीत



पहिलोपोस्ट

'निर्जला'को दशैं गीत

काठमाडौं : फिल्म 'निर्जला' टिमले दशैंको गीत सार्वजनिक गरेको छ। प्रचार अस्त्रका रुपमा टिमले फिल्मको 'यसपालीको दशैंमा'बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा बाबुल र सुजता बर्माको स्वर रहेको छ। गीतको भिडियोलाई रबि कोइरालाले छायाँकन गरेका हुन्। भिडियोमा फिल्मका कलाकार ‍किशोर खतिवडा र शुभेच्छा थापा फिचर्ड छन्।  फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन्। फिल्म आगामी २०७५ सालको फूलपातीको दिनदेखी रिलिज हुनेछ।

फिल्ममा किशोर र शुभेच्छासँगै श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतको अभिनय छ। ‘निर्जला’मा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायाँकन रहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell