![बसको ठक्करबाट भक्तपुरमा दुई जनाकै मृत्यु](https://pahilopost.com/assets/upload/contentthumb/xxroad_accident3.jpg.pagespeed__.ic__.nmePr7oscn__.jpg.pagespeed_.ic_.nmePr7oscn_.jpg)
भक्तपुरः भक्तपुरको सूर्यविनायक–९ मा अरनिको राजमार्गमा गएराति बनेपा जाँदै गरेको ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।
घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रनाउ शर्माले जानकारी दिए। रासस