PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुनसरीमा हत्या गरिएका खुर्सिदलाई सहिद घोषणा गरिने, छानबिन समिति बन्यो



पहिलोपोस्ट

सुनसरीमा हत्या गरिएका खुर्सिदलाई सहिद घोषणा गरिने, छानबिन समिति बन्यो

काठमाडौँ : अज्ञात समूहले बिहीवार बिहान ११ बजे सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमलाई सहिद घोषणा गरिने भएको छ। 

गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आलमलाई शहीद घोषणा गर्ने तथा परिवारलाई उचित राहत उपलब्ध गराउन मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्ताव पेश गरिसकिएको बताएको छ। 

घटनामा संलग्न अपराधीहरुको खोजी कार्य तीव्र बनाइएको दावी गर्दै मन्त्रालयले घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाही गर्न नेपाल सरकार गृह मन्त्रालयको निर्णयानुसार नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्री किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको बताएको छ। साथै यस घटनाको गम्भीरतापूवर्क थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत खटाइएको छ।
 
 प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको नेतृत्वमा बनेको पाँच सदस्य छानविन समितिमा सशस्त्र प्रहरी उपरीक्षक रेशम कुमार यम्सु, अनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र पाण्डे छन्। समितिलाई १५ दिन भित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell