PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कमल थापा सिंगापुरतिर



पहिलोपोस्ट

कमल थापा सिंगापुरतिर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उप प्रधान एवं परराष्ट्रमन्त्री कमल थापा गए राति सिंगापुर गएका छन्। इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज, कोनार्ड एडेन्युर स्टिफट्युङ र कन्सोर्ट्युम अफ साउथ एसियन थिङ्क ट्याङ्कको संयुक्त आयोजनामा आज हुने विमस्टेकसँग सम्बन्धित कार्यशालामा सहभागी हुन उनी गएका हुन्।

कार्यशालमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। यसै क्रममा थापाले मलेसियामा आयोजना हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन समेत गर्नेछन्। थापा भोलि फर्किनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell