PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा सन्दीप लामिछाने



पहिलोपोस्ट

धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा सन्दीप लामिछाने

काठमाडौँ : नेपाली क्रिकेट र क्रिकेटरको नाम लिदा युवा स्टार सन्दीप लामिछानेको नाम सबैभन्दा अगाडी आउँछ। भर्खरै १८ वर्ष मात्र लागेका सन्दीपले क्रकेट खेलेरै धेरै सफलता हात पारिसके।

त्यति मात्र होइन सन्दीप लामिछाने विश्वका धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा समेत अगाडी रहेका छन्।

चर्चित क्रिकेट अनलाइन पोर्टल इएसपिएनक्रिकइन्फोले 'द क्रिकेट मन्थली'को लेटेस्ट एडिसनमा धेरै क्रिकेट खेल्ने, धेरै देशमा क्रिकेट खेल्ने लगायत विभिन्न पक्षलाई समेटेर रिपोर्ट तयार पारेको छ र त्यसमा सबैभन्दा धेरै देशमा क्रिकेट खेल्नेमा नेपालका सन्दीप पनि सामेल छन्।

क्रिकइन्पोले ६ खेलाडीलाई सूचीमा राखेको छ। जसमा अफगानिस्तानका रसिद खान र मोहम्मद नावी सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीमा अगाडी छन्। यस्तै पाकिस्तानका सोएब मल्लिक र सदाब खान, बंगलादेशका तमिम इकवालसँगै नेपालका सन्दीप लामिछानेले ९ देशमा क्रिकेट खेलेका छन्।

यो विगत १२ महिना यताको तथ्याङ्क हो।

गत सिजन इन्डियन प्रिमियर लिग आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले त्यसयता विश्वका विभिन्न फ्रेन्चाइज टी-२० लिग खेलिसकेका छन्।

पछिल्लो समयमा सन्दीपले खेलेका देशमा नेपाल, भारत, नामिबिया, जिम्बावे, इंग्ल्याण्ड, नेदरल्याण्ड, क्यानडा, वेष्टइन्डिज र मलेसिया रहेको छ।

सन्दीपले भारत, क्यानडा र वेष्टइन्डिजमा टी-२० लिग खेलेका थिए भने अन्य देशमा नेपालको प्रतिनिधित्व गरेर राष्ट्रिय टिमका लागि खेलेका थिए। यस्तै आगामी अक्टोबरमा हुन लागेको अफगानिस्तान प्रिमियर लिगमा समेत सन्दीपले खेल्ने भएका छन्।

 

सन्दीपले खेलेको देश र प्रतियोगिता

नेपाल           : एभरेष्ट प्रिमियर लिग (इपीएल टी-२०)

भारत            : इन्डियन प्रिमियर लिग (आइपीएल टी-२०)

नामिबिया      : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू

जिम्बावे         : आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर

इंग्ल्याण्ड       : आइसीसी च्यारिटी म्याच, नेपाल टुर अफ लर्ड्स

नेदरल्याण्ड्स  : नेपाल फस्ट ओडिआई सिरिज, नेपाल टुर अफ नेदरल्याण्ड्स

क्यानडा         : ग्लोबल टी-२० लिग क्यानडा

वेष्टइन्डिज     : क्यारेबियन प्रिमियर लिग (सीपीएल ६-२०)

मलेसिया        : एसीसी एसिया कप क्वालिफायर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell