PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई



पहिलोपोस्ट

ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडौँ : पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।

आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको फाइलन खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५, २५–१७ को सेटमा पराजित गरेको हो। उपाधिसँगै एपीएफले एक लाख, उपविजेता गण्डकी प्रदेशले ६० र तेस्रो भएको गीताञ्जली कलेजले ३५ हजार प्राप्त गर्‍यो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै एपिएफका महेन्द्र श्रेष्ठले मोटरसाइकल प्राप्त गरे।

व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गीताञ्जलिका दौलत सिंह, सेटर एपिएफका दिनेश गिरी, डिफेन्स गण्डकी प्रदेशका राजन दर्लामी मगर, स्पाइकर एपीएफका टेकराज अवस्थी, ब्लकर गण्डकी प्रदेशका हरि पाण्डे, क्वीकर एपीएफका बलिराम चौधरी र प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट घोषित हुँदै पाँच-पाँच हजार प्राप्त गरे।

यसअघि आजै भएको तेस्रो स्थानको खेलमा गीताञ्जली क्लबले आयोजक ढोरपाटन क्लबलाई २८–२५, ३०–२८, २५–१५ को सेटमा पराजित गर्‍यो। नेपाल भलिबल सङ्घको संयोजन तथा ढोरपाटन क्लबको आयोजनामा भदौ ३० देखि आजसम्म भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell