PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कार्यालयमै घुस लिँदालिँदै सहन्यायाधिवक्ता थापा अख्तियारको नियन्त्रणमा



सविन ढकाल

कार्यालयमै घुस लिँदालिँदै सहन्यायाधिवक्ता थापा अख्तियारको नियन्त्रणमा

काठमाडौँ: सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको टोलीले सरकारी वकिल कार्यालय पोखरामा कार्यरत थापालाई पाँच लाख घुस रकमसहित बुधबार बिहान ८ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको अख्तियारको क्षेत्रीय कार्यालय पोखराका उपसचिव रमेश ढकालले जानकारी दिए।

सहन्यायाधिवक्ता थापाले सेवाग्राहीसँग ठगी मुद्दाको पुनरावेदन नगरिदिने शर्तमा घुस लिएको आरोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell