काठमाडौंः फिल्म ‘रणवीर’ टिमले प्रचार थालेको छ। टिमले प्रचार अस्त्र मोसन पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारको एक्सन लुक देखाइएको छ।
अभिनेता प्रशान्त ताम्राकार र सुशील सिटौला फिचर्ड मोसन पोस्टरसहितको भिडियो युट्युबमा मार्फत सार्वजनिक गरिएको छ। हलमा फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ।
फिल्ममा प्रशान्त र सुशीलसँगै हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवी गिरी , जीवन भट्टराई , बसन्ती भट्टलगायतको अभिनय रहेको छ। फिल्ममार्फत शुभेच्छा खड्का र सुपुश्पा भट्टले डेब्यु गर्दैछन्। फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा महेश पौडेलको छायाँकन, चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत छ।