PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पर्वतका विशिष्ट व्यक्तिलाई सम्मान



पहिलोपोस्ट

पर्वतका विशिष्ट व्यक्तिलाई सम्मान

काठमाडौं: ‘पर्वत कलाकार समाज नेपाल’ले पर्वत जिल्ला विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, गैर आवासिय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, साहित्यकार शान्तिनारायण श्रेष्ठ र पत्रकार युगनाथ शर्मा पौडेललाई सम्मान प्रदान गरिएको हो।

समाजले पर्वतमा जन्मिई देशभर सक्रिय रहेकालाई सम्मान प्रदान गरेको समाजमा अध्यक्ष कस्तुपराज पन्तले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुन जोशीका साथै राजनीतिक व्यक्तित्वहरुको समेत उपस्थिती रहेकाे थियो। समाजमा अध्यक्ष पन्त, वरिष्ठ उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, उपाध्यक्ष याम क्षेत्री, महासचिव कृष्ण समिप सुवेदी, सचिव प्रह्लाद सुवेदीलगायत रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell