PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अपहरणमा परेका बाराका ६ वर्षीय बालकको हत्या  



राधेश्याम पटेल

अपहरणमा परेका बाराका ६ वर्षीय बालकको हत्या  

वीरगंज: बारामा ६ बर्षीय बालकको अपहरणपछि हत्या भएको छ। सिम्रौनगढ नगरपालिका वडा ३ नौकाटोला  बस्ने धनेश्वर यादवको छोरा दीपक यादवको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रमुख एसपी मीरा चौधरीले जानकारी दिइन्। 

असोज २४ गते सिम्रौनगढको मेलाबाट अपहरण गरी १० लाख रुपैयाँ फिरौती माग गरेको मृतक बालकको परिवारबाट कुरा आएको तर प्रहरीको अनुसन्धानबाट छिमेकीले नै पुरानो पारिवारिक रिसइबीको कारण अपहरण गरी हत्या गरेको खुल्न आएको एसपी चौधरीले बताइन्।

सोही टोलका सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठालाई शनिवार पक्राउ गरी केरकार गर्दा अपहरणपछि हत्या भएको रहस्य खुलेको हो। पक्राउ परेका अभियुक्तकै बयानबाट बालकको शव नौकाटोला नजिक सरेहबाट बारा प्रहरीले फेला पारेको थियो। दिउँसो पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell