PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

घर र डेरा निर्धक्क नछोड्न प्रहरीको सुझाव, प्रहरीलाई जानकारी गराए निगरानी हुने



पहिलोपोस्ट

घर र डेरा निर्धक्क नछोड्न प्रहरीको सुझाव, प्रहरीलाई जानकारी गराए निगरानी हुने

काठमाडौं : दशैंको समयमा राजधानी सुनसान बन्ने गर्छ। दशैं मनाउन आफ्नै थातथलो फर्कने क्रम जारी छ। उपत्यका बाहिरिने नाकाहरुबाट दैनिक १ लाख मानिसले उपत्यका छोड्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ। 

दशैंको घटस्थापनादेखि टिकासम्म करिब २५ लाख मानिसले राजधानी छोड्ने प्रहरीको अनुमान छ। गाउँठाउँ फर्किने हुँदा राजधानीका घर तथा डेरा खाली हुन्छ। खाली घर र डेरा भएको मौका छोपी चोरी हुने सम्भवना भएकाले प्रहरीले सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दशैमा हुने चोरी तथा अपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी समेत खटाइसकेको छ। खाली घर तथा डेरा छोडेर जाँदा प्रहरीलाई खबर गरेर जान परिसरका प्रमुख एसएसपी वसन्त लामा बताउँछन्। एसएसपी लामा भन्छन्, 'खाली घर वा डेरा छोडेर जानुहुँदैछ भने प्रहरीलाई खबर गर्नुहोस्। तपाईँको नजिकै भएको प्रहरीसँग सम्पर्क गर्न सक्नुहुनेछ।' एसएसपी लामाले प्रहरीलाई खबर गर्दा प्रहरीले घरको निगरानी राख्ने बताए।

थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच लागि खटाइसकेको छ। चाडपर्वको समयमा मानिसहरूको बढी भिड हुने स्थानहरू घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, बित्तीय संस्था, बैंक तथा सुन पसलमा उच्च निगरानी राखिएको लामाले बताए।

घर र कोठामा ताल्चा मारेर जाँदै हुनुहुन्छ भने छिमेकीलाई आफ्नो घरको बेलाबेला रेखदेख गर्न आग्रह गर्नु, साइरन जडित यन्त्र जडान गर्न समेत लामाले अनुरोध गरेका छन्। गाउँ, टोल, घर नजिकै अपरिचित, शंकास्पद व्यक्ति देखिए प्रहरीमा खबर गर्न अनुरोध छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell