PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

फोटोमा हेर्नुस् दशैँ मनाउन मुम्बईबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्रको परिवार

फोटोमा हेर्नुस् दशैँ मनाउन मुम्बईबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्रको परिवार

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : दशैँ मनाउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार दिउँसो फूलपातीका दिन स्वदेश फर्किएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह र पूर्व युवराज्ञी हिमानी शाहसहितको टोली निर्मल निवास लागेको थियो। 

भदौको अन्तिम साता पहिले हिमानी र त्यसपछि पूर्वराजा र पूर्व रानी थाइल्यान्ड पुगेका थिए। पूर्व राजपरिवारको त्यहाँबाट श्रीलंका हुँदै भारत पुगेका थिए। 

विजया दशमीको दिन निर्मल निवासमा पूर्व राजा र पूर्व रानीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ। पोहोर अस्वस्थताको कारण देखाउँदै टीका लगाउने कार्यक्रम राखिएको थिएन। 


ट्रेन्डिङ पोस्ट

Ncell