PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

मि टु मुभमेन्टमा सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेपछि अनु मलिकले छोडे इण्डियन आइडल



पहिलोपोस्ट

मि टु मुभमेन्टमा सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेपछि अनु मलिकले छोडे इण्डियन आइडल

मि टु मुभमेन्टले बलिउडमा तहल्का नै मच्चाएको छ। सोनी इन्टरनेटमेन्टको विज्ञप्तीका अनुसार सेक्सुअल ह्यारसमेन्टको आरोप लागेका गायक अन्नु मलिकले इण्डियन आइडल छोडेका छन्।

मि टु मुभमेन्ट अन्तर्गत उनलाई चारजना महिलाले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएका थिए। विज्ञप्तीमा उल्लेखित छ ‘अनु मलिक अब हाम्रो सोको निर्णायक रहँदैनन्। उनको ठाउँमा अरु कोहि नै राख्नेछौं’।

मलिकले केहि समयका लागि विश्राम लिने बताउँदै सामाजिक सञ्जालमा उक्त विज्ञप्ती पनि सेयर गरेका छन्। गायिका सोना महपत्र, श्वेता पण्डित लगायत अरु दुई गायिकाहरुले उनलाई ह्यारेसमेन्टको आरोप लगाएका थिए।  

श्वेता १५ वर्षकी हुँदा मलिकले उनलाई किस गर्न भनेका थिए। श्वेताले टुइटरमा लेखेकी थिइन् ‘त्यो घट्नाबारे बोल्दा म टिनएज हुँदाका पुराना दिन सम्झनपर्ने जुन एकदम नराम्रो थियो। म जवान युवतीहरुलाई मलिकसँग सावधान रहन अनुरोध गर्छु’।

यस्तै सोनाले पनि कैलाश खेयरसँगै मलिन इण्डष्ट्रीको सेक्सअल प्रेडेटर रहेका बताएकी थिइन्। भारतीय मिडियामा अहिले मलिकले इण्डियन आइडल छोडेको चर्चा छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell