PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘मि टु मुभमेन्ट’बारे रेखा थापा: 'सबै पीडित छन्, कोही बोल्दैनन् के गर्नु?'



पहिलोपोस्ट

‘मि टु मुभमेन्ट’बारे रेखा थापा: 'सबै पीडित छन्, कोही बोल्दैनन् के गर्नु?'

काठमाडौं: हलिउडदेखि सुरु भएको ‘मि टु मुभमेन्ट’ले बलिउडमा निकै प्रभाव पार्‍यो। अहिले बलिउड अभिनेत्रीहरुले ह्यारेसमेन्टका विरुद्धमा बोल्दै आएका छन्। जसका पछिल्ला उदाहरण हुन् आलोक नाथ,नाना पाटेकर र अनु मलिक।

‘मि टु मुभमेन्ट’मा सहभागी हुँदै अभिनेत्री एवं गायिकाहरुले उनीहरुलाई ह्यारेसमेन्टका आरोप लगाएका छन्। नेपालमा पनि यसका केही झलकहरु देखिन थालेका छन्। तर जसरी हलिउड र बलिउड इन्डस्ट्रीका अभिनेत्रीहरु  ह्यारेसमेन्टविरुद्ध उत्रिए त्यसरी नेपाली अभिनेत्रीहरु खुल्न सकेका छैनन्।

पछिल्लो समय पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ र बिम्मी कालिन्दा शर्माले ह्यारेसमेन्टका विषयमा बोलेका छन्। सँगसँगै अभिनेत्रीहरुले पनि यस विषयमा चासो  देखाएका छन्।

सोमवार अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा यस मुभमेन्टबारे गम्भीर हुन सबैलाई आह्वान गरेकी छिन्। उनले फेसबुकमा लेखेकी छिन्  ‘मि टु मुभमेन्टलाई सबैले गम्भीरता पूर्वक लिन जरुरी छ। बलियो हुनुस्, साहसी हुनुस्।'


पहिलोपोस्टसँग उनले भनिन् ‘मि टु अभियानमा महिलाहरुले बोले हुन्थ्यो। यो अभियानमा जसले बोल्छ म उनीहरालाई साथ दिनेछु।‘आफुले भने ह्यारेसमेन्टको अनुभव नगरेको बताउँछिन् रेखा। थपिन् ‘कोही एउटाले बोल्यो भने राम्रो हुन्थ्यो। मेरो अनुभव भएको भए बोल्थें। सबै पीडित छन् कोहि बोल्दैन के गर्नु।'  

हुन त रेखा महिलाहरुको आवाज उठाउन अग्र पङ्तिमा आउँछिन्। तर यस पटक उनले मुभमेन्टको चर्चा मात्र गरेकी छिन्। उनको निर्देशन र अभिनय रहेको फिल्म मालिका प्रदर्शनको तयारीमा छ। मालिका प्रदर्शनका लागि कार्तिक १६ गतेको मिति तय भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell