PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

महिला फुटबल टोलीलाई बिदाइ : चीनमा तीन मैत्रीपूर्ण खेलपछि ओलम्पिक छनोट खेल्न म्यानमार जाने



पहिलोपोस्ट

महिला फुटबल टोलीलाई बिदाइ : चीनमा तीन मैत्रीपूर्ण खेलपछि ओलम्पिक छनोट खेल्न म्यानमार जाने
PHOTO : ANFA

काठमाडौँ : आगामी नोभेम्वरमा म्यानमारमा आयोजना हुने ओलम्पिक एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली महिला टोलीलाई बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ।

नोभेम्वर ८ देखि म्यानमारमा हुने ओलम्पिक छनोटअघि नेपाली टोलीले चीनमा तीन मैत्रीपूर्ण खेल समेत खेल्नेछ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र एन्फा पदाधिकारीहरुले सातदोवाटोस्थित एन्फा भवनमा बिदाइ गरे।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक, एक टोली नेता र एक व्यववस्थापक रहेका छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र व्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन्।

नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। टोलीले चीनमा अक्टोवर अन्तिममा तीन मैत्रीपूर्ण खेल खेल्ने छ। एन्फाको अनुसार नेपाली टोलीले अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ फोनिक्स महिला फुटबल टिमसंग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। यस्तै ३० तारिखमा बेईजिङ स्पोर्टस् युनिभर्सिटीसंग खेल्नेछ।

त्यसतैबाट नेपाली टोली नोभेम्बर २ मा म्यानमार प्रस्थान गर्नेछ।

ओलम्पिक छनोट अन्तर्गत नेपाली टोलीको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन्। नेपालले ८ नोभेम्बरमा भारतसंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक खड्काले जानकारी गराए। यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीले पहिलो पटक ओलम्पिक छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।

राखेप सदस्य सचिव बिष्टले नेपाली महिला टोलीले पहिलो पटक प्राप्त गरेको अवसरलाई सदुपयोग गर्ने भन्दै टोलीले राष्ट्रको नाम उच्च राख्ने विश्वास व्यक्त गरे।

 

ओलम्पिक छनोटमा बिनाले निर्णायकको भूमिका निर्वाह गर्ने

नेपाली महिला फुटबल निर्णायक बिना श्रेष्ठले म्यानमारमा आयोजना हुने ओलम्पिक एसियन छनोट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन्। उनी फिफा सहायक रेफ्रि हुन्। बिनाले निर्णायक ईलाईट परिक्षा उत्तीर्ण गरेकी छिन्।

पहिलो पटक यती ठुलो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने महिला निर्णायकमा बिना पहिलो निर्णायक रहेको एन्फाका महासचिव ईन्द्रमान तुलाधरले बताए। ईलाईट परिक्षा उत्तीर्ण नगरी अन्तराष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न नपाईने समेत महासचिव तुलाधरले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell