![काभ्रेपलाञ्चोकमा जिप ५ सय मिटर तल खस्दा दुई जनाको मृत्यु](https://pahilopost.com/assets/upload/contentthumb/road_accident_(1).jpg)
काठमाडौँ : काभ्रेपलाञ्चोककै मण्डनदेउपुर नगरपालिका-६ गैह्रीबिसौना भागेटार भन्ने स्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा जिपमा सवार काभ्रेकै नमोबुद्ध नगरपालिका १० का २५ वर्षीय जीवन पराजुली र ४४ वर्षीय विनोद कार्की रहेका छन्। दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो।
घाइते ४ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।
आज दिउँसो ३ बजे चुरियुगाबाट हिगुवावापाटीतर्फ आउँदै गरेको बा ३ च २८७ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो।