PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

एल क्लासिको : सुअरेजको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित



पहिलोपोस्ट

एल क्लासिको : सुअरेजको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

लुइस सुअरेजले ह्याट्रिक गरेपछि स्पानिस ला लिगामा आइतवार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि शानदार जित हासिल गरेको छ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले रियललाई ५-१ ले पराजित गर्‍यो। फिलिप काउटिन्हो र अर्टुरो भिदालले एक-एक गोल गरे।

जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाको १० खेलबाट २१ अंक छ। रियल भने १० खेलबाट १४ अंकका साथ नवौँ स्थानमा छ।

खेलको ११औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ३०औँ मिनेटमा भिएआरमार्फत प्राप्त पेनाल्टीमा सुअरेजले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलले पछि परेको रियलका लागि ५०औँ मिनेटमा मार्सेलोले गोल गर्दै गोलअन्तर कम पारेका थिए।

दोस्रो हाफको सुरुमा रियलले बार्सालाई दबाबमा राखेपनि ७५औँ मिनेटमा सुअरेजले दोस्रो गोल गरेपछि रियल दबाबमा परेको थियो। ८३औँ मिनेटमा सुअरेजले ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले ४-१ को अग्रता बनायो। त्यसको चार मिनेटपछि वैकल्पिक खेलाडी अर्टुरो भिदालले गोल गरेपछि बार्सिलोनाले शानदार जित हात पारेको हो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell